सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रहरीमाथि कार्यालयमै कुटपिट

२०७७ भदौ २८, १०:२९ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा प्रहरीमाथि कार्यालयमै कुटपिट भएको छ। ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी नायव निरिक्षकसहितका प्रहरीमाथि कार्यालयमै कुटपिट गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरिक्षक मुकेश सिहले ईलाका प्रहरी कार्यालयका प्रहरी कर्मचारीमाथि कुटपिट भएको घटनाको विषयमा छानविन गर्न निर्देशन दिईएको बताए।

‘तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको विषयमा वादविवाद भएको रहेछ। सोही क्रममा प्रहरीमाथि कुटपिट भएको भन्ने छ।’ वरिष्ठ प्रहरी उपरिक्षक सिहले भने, ‘उक्त घटनाको छानविन गर्न निर्देशन दिईसकेका छौँ।’

यस्तै आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेको प्रहरीले दावी गरेको छ।   

 

यसअघि प्रहरी नायव निरिक्षक हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौ। सम्बन्धित व्यक्तिहरुमा चोट पर्न गएकोमा क्षमा चाहन्छौैं।- सम्पादक ।

कमेन्ट लोड गर्नुस