सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ७७५, कुन जिल्लाका कति?

२०७७ भदौ २८, ०८:२९ खबर संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ७ सय ७५ पुगेको छ।

प्रदेशका ९ वटै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या सात सय ७५ पुगेको हो। जिल्लाका सक्रिय संक्रमित संख्या मध्ये कैलालीमा सक्रिय संक्रमितको संख्या झण्डै पाँच सय रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार शनिबार सम्म कैलालीमा चार सय ७५ जना संक्रमित रहेका छन्। कैलाीमा एक  हजार ९ सय ८५जनामा संक्रमण पुष्टि भएकोमा एक हजार पाँच सय चार जना संक्रमण मुक्त भएका छन्।

यसै गरी कञ्चनपुरमा सक्रिय संक्रमित ५२, डोटीमा ५८, दार्चुलामा ७, डडेल्धुरामा ७, बाजुरमा ९, बझाङमा ७१, बैतडीमा ५६ र अछाममा ४० जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस