सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा लायन्स क्लबले तीन दिनमा ९ सय जनालाई खाना खुवायो

२०७७ भदौ २८, ०८:०९ खबर संवाददाता

धनगढीः लायन्स क्लब अफ धनगढी इनोभेटिभले गौरीफन्टा नाकामा तीन दिनको अवधीमा नौँ सय जनालाई खाना खुवाएको छ।

भदौँ २५ गतेदेखि खानामा भारतबाट फर्किने नेपालीहरुलाई खाना र पानीको प्रबन्ध मिलाउँदै आएको लायन्स क्लबले शनिबार सम्म नौ सय जनालाई वितरण गरिएको जनाएको छ।

लायन्स क्लब अफ धनगढी इनोभेटिभका अध्यक्ष विजय अवस्थीले पहिलो दिन बीहिबार, शुक्रबार र शनिबार गरी तीन÷तीन सय जनालाई खाना खुवाईएको बताए।

उनका अनुसार शनिबार अवस्थी ग्रुपले वर्ष २००९/१० का अध्यक्ष जगदिश प्रसाद अवस्थीको सम्झनामा लायन्स क्लबलाई सहयोग गर्दै खाना खुवाएको थियो।

क्लबले दाताहरु जुटेमा १५ दिन सम्म खाना खुवाउने योजना बनाईएको जनाएको छ। धनगढी इनोभेटिभले सुरु गरेको अभियानमा स्वइच्छाले जोडिएर सहयोग गर्न समेत आग्रह गरेको छ। 
 
 

कमेन्ट लोड गर्नुस