धनगढीमा १९७ जना संक्रमितको ‘ट्राभल हिस्ट्री’ छैन्, १६०‘एक्टिभ केस’
धनगढीः सामुदायिक संक्रमण देखिएको सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीका झण्डै ५२ प्रतिशत संक्रमितको ट्राभल हिस्ट्री खुलेको छैन्।
धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शनिबार सम्म तीन सय ७५ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये एक सय ९७ जनामा सामुदायिक संक्रमण देखिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए।
जुन कुल संक्रमितको ५२ प्रतिशत हुन आउँछ। यस्तै अहिले सम्म कोरोना पुष्टि भएका दुई सय १५ जना संक्रमण मुक्त भएको दावी गरिएको छ भने एक सय ६० जना ‘एक्टिभ केस’ अथात् सक्रिय संक्रमित रहेका छन्।
उनीहरु सेती प्रादेशिक अस्पतालको आईसोलेसन, उपमहानगरपालिकाले स्थापना गरेका संस्थागत आईसोलेसन र होम आईसोलेसनमा रहेका छन्।
धनगढीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भईसकेको छ भने एकजना संक्रमित महिलाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ।