सुदूर नेपाललाई विश्वसँग जोड्दै

शनिबार सुदूरपश्चिममा ६४४ जनाको कोरोना परीक्षण

२०७७ भदौ २७, ०५:५५ खबर संवाददाता

धनगढीः पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा ६४४ जनाको कोरोना भाइरस संक्रमण परीक्षण भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण भेटिएको हो। 

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा तीन सय ६८ जनाको कोरोना परीक्षण भएको छ। त्यस्तै जिल्ला अस्पताल डोटीको प्रयोशालामा एक सय २४ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा एक सय ५२ जनाको कोरोना परीक्षण भएको छ। 

कमेन्ट लोड गर्नुस