डोटीमा भएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि
२०७७ भदौ २७, ०२:०३
धनगढी– जिल्ला अस्पताल डोटीको प्रयोशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा एक सय २४ जनाको कोरोना परीक्षण भएकोमा डोटीका पाँच र अछामका एक जनामा संक्रमण पुष्टि भएको हो।
डोटीको सायल गाउँपालिकाका तीन, केआईसिंह गाउँपालिकाका दुई र अछाम जिल्लाको रामारोशन गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।
कमेन्ट लोड गर्नुस