सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको आलितामा वन फडानी: प्रदेश सांसद जोशीका स्वकीय सचिव हिरासतमा

जोशी बस्ने घरबाट बरामद भएको काठ
जोशी बस्ने घरबाट बरामद भएको काठ
२०७७ भदौ २७, १०:२३ खबर संवाददाता

धनगढी : डडेल्धुरको आलितालमा भएको सालको वन फडानीमा प्रकरणमा थप एक जना थप पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेशसभाकी सांसद कुन्ती जोशीका स्वकीय सचिव शर्मानन्द जोशीलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। 

जोशीका सहोदर भाई शर्मानन्द बस्ने घरबाट अवैध काठ बरामद गरिएको थियो।  यद्यपी उक्त घर सांसद जोशीकै भएको स्थानीयले बताएका छन्। हिरासतमा लिइएका उनलाई आइतबार सरकारी वकिल समक्ष उपस्थित गराइने वन अधिकृत बिष्णुप्रसाद आचार्यले बताए। ‘उहाँ बुधबार आफै निवेदन लिएर वन कार्यालयमा आउनुभएको थियो, त्यसपछि अनुसन्धानका लागि भनेर हामीले हिरासतमा लिएका छौ’ उनले भने। 

भदौ ८ गते आलिताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जोशी बस्ने घरबाट ५७ घनफिट काठ बरामद भएको डिभिजन वन कार्यालयले बताएको छ।  

भदौ ४ गते आलिताल गाँउपालिका–८ मा निर्मित डोला चक्रपथमासडक निर्माणका क्रममा कोटिएका एक सय १० थान गोलिया काठ बरामद गरिएको थियो।

सोही प्रकरणमा भदौ ५ गते सामुदायिक वनका अध्यक्ष र एक जना मजदुरलाई हिरासतमा लिइएको थियो। यस्तै उग्रतारा कन्स्ट्रक्सन नामक निर्माण कम्पनीमा कार्यरत तीनजना पनि हिरासतमा छन्। घटना सम्बन्धी अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस