सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा चितुवाको छालासहित समातिएका जमानतमा छुटे

२०७७ भदौ २६, ०७:३१ रासस

बझाङ: चितुवाको छाला र हड्डीसहित आइतबार प्रहरीले नियन्त्रमा लिइएका बुंगल नगरपालिकाका दुई जनालाई वन कार्यालयले जमानतमा छाडेको छ। तीन दिन प्रहरी हिरासतमा राखिएका दुवैलाई छाला र हड्डीको परीक्षण रिपोर्ट काठमाडौँदेखि नआउन्जेलसम्म वन कार्यालयले जमानतमा छाडेको हो।

बुंगल–६ का वडाध्यक्ष धनबहादुर सिंहको रोहवरमा रिपोर्ट आएपछि हाजिर  हुने गरेर छाडिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख कर्ण खातीले बताए। उनले भने, “मुद्धा चलाउनका लागि सरकारी वकिलको राय मागेर बरामद गरेको छाला र हड्डी हेर्दा चितुवा तथा बाघकै जस्तो छ तर त्यो  कस्तो छाला र हड्डी हो, काठमाण्डौ प्रयोगशालामा पठाउनुपर्ने र त्यहाँको रिपोर्टपछि मुद्धा चलाउनुपर्ने भएकाले त्यतिन्जेलसम्म अभियुक्तलाई पछि उपस्थित हुने गरी घर पठाइको हो।” 

आइतबार राति २ः४१ बजे बुङगल–३ विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका सोही गापा ६ का २७ वर्षीय हरजित बोहरा र सोही ठाउँका २३ वर्षीय विरेन्द्र बोहरा चितुवाको छाला र हड्डीसहित पक्राउ परेका थिए। उनीहरुको साथबाट दुई थान चितुवाको छाला र नौ किलो हड्डी बरामद गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस