सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा वेवारिसे शव फेला

२०७७ भदौ २५, ०४:२८ खबर संवाददाता

धनगढी:  डडेल्धुरामा वेवारिसे अवस्थामा युवकको शव फेला परेको छ। बिहिबार जिल्लाको परशुराम नगरपालिका –६ स्थित रंगुन नदीमा अन्दाजी ३२ ३३ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। 

नाम थर नखुलेको उक्त शव जोगबुढा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ। साथै अन्दाजी ५ फिट ६ ईन्च उचाई भएको, कालो कपाल, पँहेलोमा सेतोखैरो धर्का भएको सर्ट, हरियो रंगको गन्जी, निलो रंगको कट्टु लगाएको उक्त शवको पहिचान गरी सहयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ। 

प्रहरीले सम्पर्कका लागि  ९८५८७९००७० र ०९६–४२०१९९ मा फोन गर्न आग्रह गरेको छ।
 

कमेन्ट लोड गर्नुस