लायन्स क्लब अफ धनगढी इनोभेटिभले गौरीफन्टामा खाना खुवाउन थाल्यो
धनगढीः लायन्स क्लब अफ धनगढी इनोभेटिभले गौरीफन्टा नाका भएर फर्किने नेपालीहरुलाई सीमामै खाना खुवाउन सुरु गरेको छ।
क्लबले आजदेखि सीमानाकामै पुगेर भारतबाट फर्किनेहरुलाई खाना तथा पानी खुवाउन थालेको जनाएको छ।
लायन्स क्लब अफ धनगढी इनोभेटिभका अध्यक्ष विजय अवस्थीले पहिलो दिन आज भारतबाट फर्किएका तीन सय जनालाई खाना खुवाईएको जानकारी दिए।
अवस्थीले तत्काल तीन दिने कार्यक्रम तय गरिएको भएपनि सहयोगी दाताहरु जुटिरहेकाले १५ दिन सम्म खाना खुवाउने योजना बनाईएको बताए।
उनले धनगढी इनोभेटिभले सुरु गरेको अभियानमा स्वइच्छाले जोडिएर सहयोग गर्न समेत आग्रह गरेका छन्।
यसअघि खाना खुवाउने अभियानको आजै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुसिला मिश्र भट्टले औपचारिक कार्यक्रमकाबीच सुरुवात गरेको लायन्स क्लबले जनाएको छ।