सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब डडेल्धुरा अस्पतालमा २५ सय तिरेर कोरोना परीक्षण गर्न पाइने

२०७७ भदौ २५, ०१:४७ खबर संवाददाता

डडेल्धुरा : अब डडेल्धुरा अस्पताल डडेल्धुरामा २ हजार ५ सय तिरेर स्वइच्छाले कोरोना परीक्षण गराउन सकिने भएको छ। अस्पतालले बिहिबा एक सूचना जारी गरी निर्देशिका भन्दा बाहिरका अर्थात कसैले स्वेच्छाले कोरोनाको पीसीआर परिक्षण गर्दा २ हजार ५ सय शुल्क लिने निर्णय गरेको जनाएको छ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आपतकालिन कार्य संचालन केन्द्र तथा अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार शुल्क तोकिएको अस्पतालका निमित्त मेसु डा. जगदिशचन्द्र विष्टले जानकारी दिए।

यसअघि सेती प्रादेशिक अस्पतालले पनि स्वेच्छाले कोरोनाको पीसीआर परिक्षण गर्दा २ हजार ५ सय शुल्क लिने निर्णय गरिसकेको छ।
 

कमेन्ट लोड गर्नुस