डडेल्धुरामा भएको परीक्षणमा ९७ जनाको कोरोना रिपोर्ट नेगेटिभ
२०७७ भदौ २५, १२:४१
धनगढी : डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा ९७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
बिहीबार ९७ नमुना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।
पहाडी जिल्लामा रहेका दुई प्रयोगशालामा पछिल्लो समय परीक्षण घट्दै गएको छ। पर्याप्त स्वाब संकलन नहु्ँदा परीक्षण बढाउन नसकिएको अस्पतालले जनाएको छ।
कमेन्ट लोड गर्नुस