सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले निर्णय गरेको पाँच महिना सम्म २० वटा भेन्टिलेटर खरिद गरेन

२०७७ भदौ २५, ११:२१ कमल सावद

धनगढीः सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख डाक्टर गुणराज अवस्थीले गत साउन २९ गते दिनेश खबरलाई प्रतिकृया दिदै ६० दिन भित्र भेन्टिलेटर धनगढी पुगाउने गरी गर्नेगरी सम्झौता भएको बताएका थिए।

उक्त समयभित्र भेन्टिलेटर आपुर्ति नभए आपुर्तिकर्तालाई कारवाही गरिने दावी गरेका थिए। तर ठेक्का  सम्झौता भएको बीहिबार ५९ दिन पुगेको छ। आपूर्तिकर्ताले भेन्टिलेटर धनगढी ल्याएको छैन्। गत असार २९ गते हस्पिटेक ईन्टरप्राईजेन प्रालि काठमाण्डौँ र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबिच २० वटा भेन्टिलेटर खरिदको सम्झौता भएको थियो।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले भेन्टिलेटर धनगढी नआएको जानकारी दिए। ‘केहि दिनदेखि हामीहरु प्नि फ््लोअपमा छौ। काठमाडौँमा आईपुगेको भन्ने छ। धनगढी आएको छैन्। केही दिनमा आउछ होला।’ श्रेष्ठले भने।

सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद्को बैठकले गत चैत २७ गते सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालका लागि तीन÷तीन तथा पहाडी ७ जिल्ला अस्पतालका लागि दुई÷दुई वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो।

निर्णय भएको पाँच महिना भएको छ। तर भेन्टिलेटर आपूर्ति भएका छैनन्। श्रेष्ठले भने, ‘धनगढीसम्म आपूर्तिकर्ताले ल्याउँने हो। अन्य ठाउँका लागि पुन योजना बनाउँदैछौ।’

पाँच करोड ६५ लाख ५० हजारमा आपूर्तिको सम्झौता भएका २० वटा भेन्टिलेटर धनगढी कहिले पुगाइने हो?  कहिले सञ्चालनमा ल्याईने हो भन्ने विषयको टुंगो लागेको छैन्।

प्रदेशभर अहिले १२ वटा भेन्टिलेटर मात्र उपलब्ध छन्। कोरोनाका गम्भीर बिरामीको संख्या बृद्धि हुँदै गए पर्याप्त समस्या हुने देखिएको छ। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस