सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अति दुर्लभ सालक फेला

२०७७ भदौ २५, ०८:५७ खबर संवाददाता

धनगढी : कैलालीको कैलारी गाउँपालिका–५ स्थित बंगालीपुर टोलमा अति दुर्लभ मानिने सालक फेला परेको छ।

करिब ५ किलो तौल भएको संरक्षित वन्यजन्तु अन्तरगत पर्ने सालक फेला परेको हो। डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले सो सालकको उद्धार गरिसकेको बताउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने बताए।

डिभिजन प्रमुख कँडेलले संरक्षित वन्यजन्तु अन्तरगत पर्ने सालक नेपालमा अति लोपोन्मुख वन्यजन्तुको रुपमा रहेको जानकारी दिए।

कमेन्ट लोड गर्नुस