धनगढीमा कपाल काट्नेमा देखियो कोरोना, तीन साताअघि आएका थिए भारतबाट
धनगढी: धनगढी उप महानगरपालिकामा एकजना सैलुन सञ्चालक अर्थात कपाल काट्नेमा कोरोना संक्रमण पुष्टि भएको छ।
धनगढीको एलएलचौकमा सैलुन सञ्चालन गर्दै आएका ४० बर्षीय भारतीय नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएको हो। उनी धनगढी उप महानगरपालिका वडा नम्वर २ मा बस्दै आएका छन् भने वडा नम्वर १ को एलएन चाेकमा सैलुन सञ्चालन गर्दै आएका छन्। उनले तीन साता अगाडि मात्रै भारतबाट धनगढी फर्किएको दिनेश खवरलाई बताए।
भारतबाट फर्किएर होम क्वारेन्टिनमा बसेको र पसल पनि सञ्चालन नगरेको दावी उनको छ। अहिले सीमा नाका बन्द भएपनि भारतीय नागरिक धनगढी आईरहेका छन्।
संक्रमित सैलुन सञ्चालक धनगढीका विशिष्ट व्यक्तिहरुका पनि कपाल काट्दै आएका छन्।