धनगढीमा ब्राउन सुगरसहित युवक पक्राउ
धनगढी: बुधबार कैलाली प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उपमहानगरपालिका –८ क्याम्पस चोक बस्ने अभिषेक गौतम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले विशेष सूचनाका आधारमा उनको सुत्ने कोठाबाट २ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो।
पक्राउ परेका गौतममाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।