सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा हत्यामा संलग्न तीन जना पक्राउ

२०७७ भदौ २४, १२:३२ खबर संवाददाता

मंगलसेनः अछाममा प्रहरीले हत्यामा संलग्न थप तीन जनालाई पक्राउ गरेको छ।  

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँका मानबहादुर भण्डारीका २४ वर्षिय छोरा सन्तोष भण्डारीको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ६ को हात्तीबाजका २३ वर्षीय भुपेन्द्र शाही, कालापोखराका १८ वर्षीय मिनबहादुर शाही र दैलेखको आठविस नगरपालिका वडा नंम्बर २ श्रीकोटका  २० वर्षीय राम शाही रहेका छन्।

प्रहरीले यअअघि भण्डारीको हत्यामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो। युवाहरुको समुहले भण्डारीलाई खानडाँडा भन्ने स्थानमा आक्रमण गरि घाईते बनाएका थिए।

उनको उपचारको क्रममा मृत्यु भएको थियो। पक्राउ परेका ९ जनालाई नै हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस