सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा प्रयोगशालामा थप ४ जनामा कोरोना पुष्टि

२०७७ भदौ २४, ११:२७ खबर संवाददाता

धनगढी :डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

प्रयोगशालामा आज गरिएको परीक्षणमा दार्चुला र बझाङका चार जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

उनका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका एकजना, र छब्बिसपाथाभारी गाउँपालिकाका एकजना तथा दार्चुलाको ब्यास गाउँपालिकाका एक रमहाकाली नगरपालिकाका एकजनामा  कोरोना पुष्टि भएको हो।

डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय २७ जनाको कोरोना परीक्षण गरिएको छ। 

 

कमेन्ट लोड गर्नुस