सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा किशोरी बलात्कारका आरोपीलाई उम्काउन खोज्ने प्रहरी जवान पक्राउ

२०७७ भदौ २४, ०९:५४ खबर संवाददाता

धनगढी–कञ्चनपुरमा १६ बर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार भएको घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै एकजना प्रहरी जवानलाई कारबाही गरिएको छ।

ईलाका प्रहरी कार्यालय बेल्डाडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई घटनामा लापरबाही गरेको भन्दै कारवाहीको प्रक्रिया अगाडि बढाइएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेश सिंहले रोकायार्लाइ नियन्त्रणमा लिएको बताए।

घटना सामसुम पारी आरोपीलाई उम्काउन उनले मिलेमतो गरेको आरोप लागेको छ। १४ भदौदेखि बेपत्ता किशोरी ५ दिनपछि फेला परेकी थिइन्। बालिकालाई १९ भदौमा बेल्डाडीकै आरा मिलनजिक प्रहरीले फेला पारेको थियो।

स्थानीय मनमोहन सिंह साउदलगायत ५÷६ जनाले ५ दिनसम्म बन्धक बनाएर लागुऔषध सेवन गराउँदै बलात्कार गरेको भनी बालिकाले प्रहरी कार्यालय बेल्डाडीमा उजुरी गरेकी थिइन्।

सामूहिक बलात्कारको उजुरीपछि बेल्डाडीकै साउद पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार अन्यको खोजी भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस