सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘हुँनेले दिएर जाऔ, नहुनेले लिएर जाऔ’ भन्ने नारासहित फुड बैंक सञ्चालन

२०७७ भदौ २४, ०९:११ खबर संवाददाता

धनगढी– धनगढीमा ‘हुँनेले दिएर जाऔ, नहुनेले लिएर जाऔ’ भन्ने नारासहित ‘फुड बैंक’ सञ्चालन गरिएको छ। विभिन्न सामाजिक संस्थामा आवद्ध युवाहरुले ‘फुड बैंक’ सञ्चालन गरेका हुन्।

अभियानमा धनगढीका झण्डै २० जना युवाहरु आवद्ध छन्। ‘सुरुवातमा आफैले रुपैँया र खाद्यान्न संकलन गरेर अभियानको थालनी गरेका थियौँ,’ अभियानकी सदस्य अञ्जली केसीले भनिन्, ‘अहिले यो अभियानमा थुपै्र व्यक्ति जोडिनुभएको छ। धेरैले सहयोग पनि गर्नुभएको छ।’ 

उनका अनुसार अभियान अन्तर्गत आईतवार धनगढी उपमहानगरपालिका वडा नम्वर १७ मा रहेको धुर्जन्ना मुक्तकमैया शिविरका ४५ परिवारलाई राहत वितरण गरिएको थियो भने मंगलवार ट्राफिक चौराहमा स्टल राखिएको थियो।

स्टलमा हुनेले दिएको गएको र नहुनेले लगेर गएको केसीले जानकारी दिईन्। ‘फुड बैंक’ अन्तर्गत चामल, दाल, तेल, नून र साबुन वितरण गरिएको अभियानकी सदस्य केसीले बताईन्। अभियान सञ्चालन भएको चार दिन पुगेको छ। अभियानका सदस्यहरु आवश्यकता पहिचान र राहत वितरणका लागि टोलटोलमा खटिएका छन्। 
 

कमेन्ट लोड गर्नुस