सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुशान्त मृत्यु प्रकरण: प्रेमिका रिया चक्रवर्ती पक्राउ

२०७७ भदौ २३, ०४:४० खबर संवाददाता

नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई पक्राउ गरेको छ। 

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा जोडिएकी रियालाई २ दिन सोधपुछ गरेपछि प्रकाउ गरेको टाइम्स अफ इन्डिया र इन्डिया टुडेले जनाएका छन्।

पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट गरिने छ। एनसीबीले सुशान्तको मृत्युमा ड्रग्सको सम्बन्ध रहेको भन्दै सुशान्तकी प्रेमिका रियाविरुद्ध मुद्दा दर्ता गरेको बताइएको छ।

तर रियाले भने आफूले सुशान्तका लागि यी सबै काम गरेको बयान दिएको भारतीय मिडियामा उल्लेख छ ।

कमेन्ट लोड गर्नुस