सुदूरपश्चिममा मंगलबार १,०१० जनाको कोरोना परीक्षण, १० जनाको रिपार्ट पोजेटिभ
धनगढी: पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीेन प्रयोगशालामा एक हजार १० जनाको कोरोना भाइरस संक्रमण परीक्षण भएको छ।
ती मध्ये सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको छ भने डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा शुन्य संक्रमित भेटिएका छन्।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ७ सय ८८ जनाको कोरोना परीक्षण भएको सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।
यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा एक सय ५३ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा ६९ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ।