सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिमाली जिल्ला दार्चुलामा भेटिए कालाजारका बिरामी

२०७७ भदौ २३, ०३:४१ खबर संवाददाता

दार्चुला: दार्चुलामा कालाजारका तीन जना बिरामी भेटिएका छन्। जिल्लको दुहुँ गाउँपालिकाकी २२ वर्षीया महिलामा कालाजार भेटिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ। 

ती महिला उपचारका लागि अस्पतालमा आएकी थिइन। उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको अस्पतालले जनाएको छ। 

यो वर्ष दार्चुलामा ३ जनामा कालाजार देखिएको छ। बैशाखमा एक जना र असारमा एक जना पुरुषमा कालाजार देखिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए। 

पछिल्लो समय जलवायु परिवर्तनका कारण जिवजन्तु, जिवाणु र परजिविहरुले समेत बसाइसराइ गर्न थालेका छन्। तराईका जिल्लाहरुमा पाइने लामखुट्टे, भुसुनाजस्ता परजीवीको बिगबिगी पछिल्लो समय पहाडी तथा हिमाली जिल्लाहरुमा समेत बढ्दै गएको छ। जसले गर्दा मलेरिया, कालाजार जस्ता ज्यानै जोखिममा पार्ने रोगहरुको संक्रमण देखिन थालेको छ। 

कमेन्ट लोड गर्नुस