कैलाली प्रशासनमा कार्यरत कर्मचारीमा देखियो कोरोना
धनगढी– जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा प्रशासनमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएको हो।
जिल्लामा अनुगमनमा खटिएका र सीमा क्षेत्रमा नेपालीको उद्धारमा खटिएका कर्मचारीमा संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ।
उनीसंगै जिल्लाकोअनुगमनमा रहेका नेपाल रेडक्रस सोसाईटीका अर्का कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ।
अनुगमन टोलीका अन्य सदस्यलाई भने संक्रमण देखिएको छैन्। प्रशासनमा कार्यरत अन्य कर्मचारीको समेत कोरोना परीक्षण गरिनेछ।
-यसअघि कैलाली हुनपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ–सम्पादक