सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा बन्धक बनाएर १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ भदौ २३, ०१:४० खबर संवाददाता

महेन्द्रनगर:  कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको आरोप लागेको छ।

जिल्लाको बेल्डाँडी गाउँपालिकामा ५ दिनदेखि वेपत्ता किशोरीमाथि स्थानीय युवाले बलात्कार गरेको आरोप लागेको हो। पीडित पक्षले घटना बारे प्रहरीलाई जानकारी दिएका छन्। 

पाँच जना युवाले पाँच दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको पीडित पक्षले बताएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले घटनाबारे थप अनुसन्धान भईरहेको र उजुरी दर्ता भईरहेको बताए।

स्वास्थ्य परीक्षणका लागि किशोरीलाई माहाकाली अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस