धनगढीमा १३१ जनाको ट्राभल हिस्ट्री भेटिएन, एउटै वडामा छन् ६५ संक्रमित
धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या तीन सय तीन पुगेको छ। धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार १९ वटै वडामा अहिले सम्म तीन सय तीन जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले सबैभन्दा धेरै वडा नम्बर ५ का ६५ जनालाई संक्रमण पुष्टि भएका बताए। वडा नम्वर १२ मा ३८ जना, वडा नम्वर १ मा ३२ जना र वडा नम्वर १४ मा २५ जनामा संक्रमण देखिएको छ।
यस्तै वडा नम्बर २ मा १२ जना, वडा नम्वर ३ मा २६ जना, वडा नम्वर ४ मा १८ जनामा संक्रमण पुष्टि भएको छ। वडा नम्वर ६ मा सात जना, वडा नम्वर ७ मा १३ जना, वडा नम्वर ८ मा ६ जना, वडा नम्वर ९ मा नौँ जना, वडा नम्वर १० मा तीन जना र वडा नम्वर ११ मा ८ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै वडा नम्वर १३ मा पाँच जना, वडा नम्वर १५ मा सात जना, वडा नम्वर १६ मा तीन जना, वडा नम्वर १७ मा एक जना, वडा नम्वर १८ मा १८ जना र वडा नम्वर १९ मा सात जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि भएका मध्ये ४३ प्रतिशत अर्थात एक सय ३१ ज्नाको ट्राभल हिस्ट्री नभेटिएको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए। उनले उप–महानगरमा ९७ जना संक्रिय संक्रमित रहेको जानकारी दिए।