सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा १० बर्षीया छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

२०७७ भदौ २३, १२:०२ खबर संवाददाता

दार्चुला– दार्चुलामा १० वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन्।

जिल्लाको नौगाड गाउँपालिकाका ३६ वर्षीय पुरुषले आइतबार राती आफ्नै छोरीलाई बलात्कार गरेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

कार्यालयका प्रहरी निरीक्षक सुुरेन्द्र प्रशाद जोशीले पीडीतका आफन्तले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको बताए।

पक्राउ परेका पुरुषमाथि जबरजस्ती करणी अन्तरगत मुद्धा दर्ता गरिएको कार्यालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस