हेल्प फर ह्याप्पीनेसको मेडिकल टिमका सदस्य डा. जोशीद्धारा सहयोग
हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम प्रदेश अन्तर्गत इमर्जेन्सी मेडिकल टिमका सदस्य डाक्टर युबराज जोशीले आफ्नो जन्म दिनको अवसरमा मनोरोगीहरुलाई सहयोग गरेका छन्।
दृष्टि फाउन्डेसनमा अनौपचारिक कार्यक्रमकाबिच जोशीको जन्मदिन मनाईएको हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारीले बताए। जन्म दिनको अवसरमा फाउन्डेसना आश्रित मनोरोगीहरुका लागि दाल, चामल, चिउरा, साबुन, सर्फ, तेल बिस्कुट, चिनी, चियापत्ती, सुजि, मसला, लगायतका सामान हस्तान्तरण गरिएको भण्डारीले बताए।
संस्थाका संयोजक भण्डारीले ह्याप्पीनेसको खुसी नपुगेको स्थानमा खुसी पुगाउने उद्देश्यले नै दृष्टि फाउन्डेसनमा आश्रीत मनोरोगीलाई सहयोग गरिएको बताए। फाउन्डेसनकी ब्याबस्थापक चन्द्रा तिरुवाले ह्याप्पीनेसले असहायको संरक्षण अभियानमा पुगाउँदै आएको सहयोगको प्रशंसा गरिन्। उनले अगामी दिनमा समेत फाउन्डेसनले साथ सहयोग पाउने अपेक्षा व्यक्त गर्दै धन्यवाद ज्ञापन गरिन्।
डाक्टर जोशीले असहाय बिपन्न तथा संस्थामा आबद्ध सदस्यहरुको निःशुल्क आँखा चेकजाँच गर्दै आइरहेका छन्। ह्याप्पीनेसले संस्थामा आवद्ध सदस्यहरुको जन्म दिनमा ह्रदयको आँखा कार्यक्रम मार्फत असहायहरुलाई सहयोग गर्दै आएको थियो। तर कोरोना प्रकोपले संस्थाले सूचना प्रकासन गर्दै सहयोग बाहेकका सम्पुर्ण औपचारिक कार्यक्रमहरु स्थगित गरेको छ।