धनगढीमा आज थपिएका ७ संक्रमित नै स्थानीय
धनगढी: सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमण ट्राभल हिस्ट्री नभएका व्यक्तिमा फैलिदै गएको छ।
बजार क्षेत्रको वडामा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा संक्रमण फैलिदै गएको हो। सेती प्रादेशिक अस्पतालमा सोमवार भएको परीक्षणमा थप सात जनामा संक्रमण पुष्टि भएको छ। पुष्टि भएका सात जनाको ट्राभल हिस्ट्री नरहेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का तीन महिला र एक पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएकोमा उनीहरु सबै संक्रमितका परिवार हुन्। दुई जना संक्रमित यसअघि कोरोना पुष्टि भएकी शिक्षिकाका परिवारका सदस्य हुन् भने दुई जना संक्रमित कानुन व्यवसायीका आफन्त हुन्।
वडा नम्वर २ का दुई जनामा संक्रण देखिएकोमा उनीहरु अन्य संक्रमितको सम्पर्कमा आएका थिए। उनीहरुको पनि बाह्य ट्राभल हिस्ट्री छैन्। वडा नम्वर १३ की एक महिलामा संक्रमण देखिएकोमा उनको पनि ट्राभल हिस्ट्री नरहेको उप–महानगरपालिकाले जनाएको छ।