धनगढीमा सोमवार थपिए ७ जना संक्रमित
धनगढी-सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमण ट्राभल हिस्ट्री नभएका व्यक्तिमा फैलिदै गएको छ।
बजार क्षेत्रको वडामा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा संक्रमण फैलिदै गएको हो। सेती प्रादेशिक अस्पतालमा सोमवार भएको परीक्षणमा थप सात जनामा संक्रमण पुष्टि भएको छ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का तीन महिला र एक पुरुष गरी चार जना, वडा नम्वर २ का एक महिला र एक पुरुष गरी दुई जना र वडा नम्वर १३ की एक महिलामा संक्रमण पुष्टि भएको छ।