सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संक्रमितको संख्या २९५ पुग्यो, १२४ जनाको ट्राभल हिस्ट्री भेटिएन

२०७७ भदौ २२, ०७:५० खबर संवाददाता

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय ९५ पुगेको छ। धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार १९ वटै वडामा अहिले सम्म दुई सय ९५ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले सबैभन्दा धेरै वडा नम्बर ५ का ६० सहित १९ वटै वडामा संक्रमितको संख्या त्यती पुगेको बताए। संक्रमण पुष्टि भएका मध्ये झण्डै ४२ प्रतिशतको ट्राभल हिस्ट्री नभेटिएको जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए।

‘संक्रमण पुष्टि भएका मध्ये एक सय ४० जना स्थानीय संक्रमित हुन्। उनीहरुको ट्राभल हिस्ट्री भेटिएको छैन्।’ उपाध्यायले दिनेश खबरसँग भने, ‘आईतबार सम्म एक सय ९९ जना संक्रमण मुक्त भएर घर फर्किसकेका छन्।’

धनगढीका चार वटा वडामा मात्रै संक्रमितको संख्या आधा भन्दा बढि छ। सबैभन्दा बढि वडा नम्वर ५ मा ६० जनामा संक्रमण पुष्टि भएको छ। वडा नम्वर १२ मा ३८ जना, वडा नम्वर १ मा ३२ जना र वडा नम्वर १४ मा २५ जनामा संक्रमण देखिएको छ।

यस्तै वडा नम्बर २ मा १० जना, वडा नम्वर ३ मा २६ जना, वडा नम्वर ४ मा १८ जनामा संक्रमण पुष्टि भएको छ।

वडा नम्वर ६ मा सात जना, वडा नम्वर ७ मा १३ जना, वडा नम्वर ८ मा ६ जना, वडा नम्वर ९ मा नौँ जना, वडा नम्वर १० मा तीन जना र वडा नम्वर ११ मा ८ जनामा संक्रमण पुष्टि भएको छ।  

यस्तै वडा नम्वर १३ मा चार जना, वडा नम्वर १५ मा सात जना, वडा नम्वर १६ मा तीन जना, वडा नम्वर १७ मा एक जना, वडा नम्वर १८ मा १८ जना र वडा नम्वर १९ मा सात जनामा संक्रमण पुष्टि भएको छ।

तीन जनाको भने वडा खुलेको छैन्।

कमेन्ट लोड गर्नुस