‘प्लाज्मा’ दिइएका संक्रमितको मृत्यु
वीरगञ्जमा ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गरिएका कोरोना संक्रमितको मृत्यु भएको छ। चक्रघट्टा गाउँपालिका ३ सुन्दरपुर, सर्लाहीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। उनको नारायणी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ।
ज्वरो, स्वास प्रश्वासमा समस्य लिएर ३ भदौमा अस्पताल भर्ना भएका उनीमा कडा खालको कोभिड निमोनिया देखिएको थियो। उनलाइ १४ गते प्लाज्मा दिइएको थियो। उनी वीरगञ्जमा प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएका पहिलो संक्रमित थिए। प्लाज्माथेरापीपछि स्वास्थ्यमा सुधार आएको थियो।
तर उपचारका क्रममा मुटुमा पनि समस्या देखियो। मुटुमै समस्या जटिल बनेर उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।