सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपचारको क्रममा निधन भएकी बृद्धामा कारोना पुष्टि

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ २१, ११:५५ खबर संवाददाता

गोरखा अस्पतालमा उपचारको क्रममा निधन भएकी महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ। आइतबार विहान प्रदेश जनस्वास्थ्य प्रयोगशला पोखराबाट प्राप्त रिपोर्टका अनुसार ती महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।

गोरखा नगरपालिकाकी ७५ वर्षीय महिलाको अचेत अवस्थामा गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको थियो।  शुक्रबार उनको परिवारका सदस्यहरुमा कोरोना देखिएपछि शनिबार विहान उनको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। 

शनिबार दिउँसो दुई बजे अस्पतालमा ल्याइएको उनलाई साढे चार बजे डाक्टरले मृत घोषणा गरेका थिए। महिलामा कोरोना पुष्टि भएपछि उपचारका संलग्न पाँच जना स्वास्थ्यकर्मीहरु क्वारेन्टाइनमा बसेका अस्पतालले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस