सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर दुवै हात गुमाएका धनगढीका युवकको उपचारमा आर्थिक अभाव

२०७७ भदौ २०, ०६:०२ खबर संवाददाता

धनगढीः करेन्ट लागेर दुवै हात गुमाएका धनगढीका मानबहादुर बस्नेतको उपचारमा आर्थिक समस्या भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ३ विशालनगरका बस्नेतलाई गत साउन १३ गते करेन्ट लागेको थियो। 

उनको काठमाडौंको कित्तिपुर अस्पतालमा उपचार हुँदैछ। करेन्ट लागेर घाइते भएका उनको दुवै हात काटिएको छ। उनका ज्वाई नरेन्द्र गिरीका अनुसार उपचारमा १० लाख खर्च भएको  छ। बाँकी अझै २० लाख खर्च लाग्ने अनुमान गरिएको छ। 

३१ वर्षीय बस्नेत ग्रिल व्यवसायी हुन्। विशालनगरमा चन्द्रा पाण्डेयको घरमा ग्रिलको काम गर्दै गर्दा उनलाई करेन्ट लागेको थियो। ग्रिलको काम गरिरहेका बस्नेतलाई सोही फलामको रड लिएर तेस्रो तलामा गएकै बेला राष्ट्रिय प्रसारण लाईनबाट करेण्ट लागेर ढलेर घाइते भएका थिए। उनले राष्ट्रिय प्रसारण लाइनको तारलाई भने नछोएका परिवार स्रोतको दावी छ। विद्युत प्राधिकरणले भने सहयोग गर्न नसकिने बताएको परिवार स्रोतले बताएको छ। 

उनकी श्रीमती र दुई छोराछोरी छन्। उनका ज्वाँई गिरीले भने, ‘काडमाडौंमा उपचार हुदैछ। केहिले सहयोग पनि गरेका छन्। तर अझै पुगेको छैन्। उपचार हुँदैछ। अस्पतालले अन्तिममा कति माग्छ ? जानकारी छैन्। त्येसैले सहयोगका लागि आग्रह गरेका छौ।’ 

मान बहादुर बस्नेत र श्रीमती कुमारी बिन्दु बोहराका नाममा रहेको संयुक्त एनआईसी एशिया बैँक धनगढीको खाता नम्बर ३८५४४५९७२९५२४००१ मा रकम जम्मा गर्न उनले अनुरोध गरेका छन्। 

अहिलेसम्म ताप्लेजुङ सुकेटार घर भई हाल जर्मनी बस्दै आएका कालीदास तिवारीले  पीडितलाई ५३ हजार चार सय एक रुपैया सहयोग गरेका छन्।

 
 

कमेन्ट लोड गर्नुस