सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ डडेल्धुराद्वारा रक्तदान तथा ब्लड ग्रूपिङ कार्यक्रम

२०७७ भदौ २०, ०४:१९ खबर संवाददाता

धनगढी:  लायन्स क्लब अफ डडेल्धुरा अमरगढीले रक्तदान तथा ब्लड ग्रूपिङ कार्यक्रम सम्पन्न गरेको छ। कोरोना संक्रमणका बेला रगत अभाव हुन नदिने उदेश्यका साथ शनिबार नेपाल रेडक्रस सोसाइटी डडेल्धुरा शाखामा उक्त कार्यक्रम आयोजना भएको हो। 

कार्यक्रममा २८ जनाको ब्लड ग्रूपिङ गरिएको र १६ पिन्ट रगत संकलन भएको ब्लड बैंक डडेल्धुराका प्रमुख गणेश ऐरले जानकारी दिए। रेडक्रस र हातेमालो समाजको सहयोगमा आयोजना गरिएको कार्यक्रमा १४ पुरुष र २ महिलाले रक्तदान गरेको लायन्स क्लबका अध्यक्ष प्रेम महरले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस