सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा प्रयोगशालामा सुदूरपश्चिमका थप १६ जनामा कोरोना पुष्टि

२०७७ भदौ २०, १२:५२ खबर संवाददाता

धनगढीः डडेल्धुरा प्रयोगशालामा आज सुदूरपश्चिमका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले आज कोरोना पुष्टि भएका सबै बझाङका रहेको जानकारी दिए।

सबैभन्दा बढि बझाङको कोदास्यु गाउँपालिकाका १० जना, थलारा गाउँपालिकाका चार र छब्बीपाथिभरा गाउँपालिकाका दुई जना रहेको भुसालले बताए।

उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय १० जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस