सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ बुँदे माग राख्दै कैलालीको मालाखेती अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

२०७७ भदौ २०, ११:१४ खबर संवाददाता

धनगढी:  कैलालीको गोदावरी नगरपालिकामा रहेको मालाखेती अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। आवश्यक जनशक्ति व्यवस्थापन, २४सै घण्टा फार्मेसी संचालन, अतिरिक्त भत्ता लगायतका ५ बुँदे माग राख्दै अस्पतालमा कार्यरत चिकित्सक तथा पारामेडिक्सहरू आन्दोलनमा उत्रिएका हुन। 

आफुहरुले पटकपटक नगरपालिकामा लिखित तथा मौखिक रुपमा मागहरु राखेको भएतापनि कुनै सुुनुवाई नभएको भन्दै आन्दोनमा उत्रिएको एक स्वास्थ्यकर्मीले बताए। उनीहरुले आफ्ना माग सम्बोधनका लागि विभिन्न दवावमुलक कार्यक्रम गरिसकेका छन्। जसअनुसार गत असार २४ गते नगरपालिका समक्ष उनीहरुले लिखित निवेदन दिएका थिए। यस्तै स्वास्थ्यकर्मीहरुले भदौ ८ गते ७ दिने अल्टिमेटम दिएक थिए, १५ गते आंशिक रुपमा अकस्मिक सेवा बन्द र १९ गते विरोधकाे स्वरुप परिवर्तन गरेर २४सै घण्टा आकस्मिक सेवा सुचारु गरेको थिए। 

यति गर्दापनि नगरपालिकाले वेवास्ता गरेको भन्दै उनीहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका छन्। जसअनुसार शुक्रबारबाट उनीहरुले माग पुरा नहुँदासम्म हातमा कालो पट्टी बाँधेर सेवा दिनेछन् र भदौ २३ गतेदेखि दैनिक एक घण्टा ओपिडी सेवा बन्द गर्नेछन्। 

सो अस्पताल अहिले गोदावरी नगरपालिकाको मातहतमा रहेको र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष स्वंम नगरप्रमुख रहेका छन्। 

यी हुन ५ बुँदे माग:

 

कमेन्ट लोड गर्नुस