सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा गाईको आहार व्यवस्थापनका लागि अभियान

२०७७ भदौ २०, ०९:१४ खबर संवाददाता

धनगढी– धनगढीमा गाईको आहार व्यवस्थापनका लागि अभियान सञ्चालन गएिको छ। व्यवसायी सुरेन्द्र राठी र प्रकाश अवस्थीले आहार व्यवस्थापनक लागि अभियान थालेका हुन्।

धनगढी उप–महानगरपालिका वडा नम्वर ७ मा रहेको देवहरीया गौशालामा रहेका गाईको आहार व्यवस्थापनका लागि अभियान थालिएको राठीले बताए।

उनका अनुसार उक्त गौशालामा झण्डै दुई सय गाई राखिएको छ। उक्त अभियानमा सहयोग गर्न समेत आग्रह गरिएको छ।

व्यक्तिगतमा रुपमा उक्त अभियानमा सहयोग गर्न चाहनेले मासिक एक हजार एक सय, पारिवारिक रुपमा मासिक  पाँच हजार एक सय, जन्मदिन र बैवाहिक तिथीमा एक हजार पाँच सय देखि दुई हजार पाँच सह सम्म सहयोग गर्न सकिनेछ।

कमेन्ट लोड गर्नुस