सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरियामा पहिलो पटक नेपालीमा कोरोना, एकै कम्पनीका १८ सङ्क्रमित

२०७७ भदौ २०, ०७:१३ रासस

दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ। यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत दुई नेपालीसहित अन्य १८  सङ्क्रमित पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ।

उक्त कम्पनीमा कार्यरत २० वर्षीय नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षण गराएकी थिइन्। परीक्षणपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो। 

सङ्क्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेशनमा राखिएको छ। उनीहरूसँग सम्पर्क भएको ठानिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ।
 

भदौ १८ गते रात्रि समाचारमा सच्याइएको - रासस

कमेन्ट लोड गर्नुस