सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुवेतमा अबैध मदिरासहित दुई नेपाली पक्राउ

२०७७ भदौ २०, ०६:२० खबर संवाददाता

कुवेतमा अबैध घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन्।

कुवेतको अहमदी पुलिसले अपार्टमेन्टमा छापा मार्दा उनीहरु पक्राउ परेको जनाइएको छ। उनीहरुलाई महबुला उपमहानगरबाट पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ।

घरेलु मदिरा उत्पादन केन्द्रवाट मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ, दर्जनौँ ब्यारेल (ड्रमहरु), केही उपकरण र बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिरासहित पक्राउ गरिएको हो।

कमेन्ट लोड गर्नुस