सुदूर नेपाललाई विश्वसँग जोड्दै

किरियापुत्रीलाई कांग्रेस डडेल्धुराको सहयोग

२०७७ भदौ १९, ०६:०७ खबर संवाददाता

डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुराले किरियापुत्रीलाई सहयोग गरेको छ। अमरगढी नगरपालिका –१० बिजोडा गाउँका २८ वर्षीय मोहन बिष्टको घाटीको क्यान्सरबाट मृत्यु भएपछि उनका परिवारलाई कांग्रेसले सहयोग गरेको हो। 

कांग्रेस डडेल्धुराले संचालन गरेको एनडी प्रकाश आपतकालिन चुलोको सेवा दलले शुक्रबार विपन्न परिवारको घरमै पुगेर ५ हजार एक सय रुपैयासंगै चामल उपलब्ध गराएको सेवा दलका संयाजक टंकबहादुर क्षेत्रीले बताए।

 सेवादलका पदाधीकारीहरुले स्वर्गिय बिष्टका बुवा रतन र आमालाई ५० किलो चामल र नगद सहयोग गरेको कांग्रेस कार्यवाहक सभापति करुणाकर भट्टले बताए।

 

कमेन्ट लोड गर्नुस