सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेडक्रस बाजुराले मनायो स्थापना दिवस

२०७७ भदौ १९, ०५:१९ खबर संवाददाता

बाजुरा: नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले ५८औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। ‘स्वयं सेवकका लागि तालि बजाउनुहोस्’ भन्ने मुल नाराका साथ रेडक्रसले दिवस मनाएको हो। 

जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहलाई फलफूल वितरण गरेर स्थापना दिवस मनाएको सभापति रामबहादुर शाहीले बताए। अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरणका साथै सेनीटाइजर र मास्क समेत वितरण गरिएको उनले बताए। कार्यक्रममा रेडक्रसका कार्यक्रम सयोजक ईश्वरी सुवेदीले स्थापना दिवस मनाउनुको उद्देश्यका बारेमा जानकारी गराएकी थिइन। 

२०२० साल भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटी विपद्का बेला तत्कालिन उद्धार र राहतमा पुग्ने गरेको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए। उनले सेवा र विकासमुलक गतिविधिहरू मार्फत हरेक वर्ष करिब २४ लाख जनता समक्ष  रेडक्रस पुग्ने गरेको बताए। साथै बाजुरामा पनि रेडक्रसले राम्रो काम गरेको भन्दै उनले रेडक्रस सोसाईटीको प्रसंशा गरेका थिए। 

यसरी नै जिल्लाका त्रिवेणी नगरपालिका र बडिमालिका नगरपालिकामा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरेर रेडक्रसले स्थापना दिवस मनाएको सभापति रामबहादुर शाहीले बताए। 

कमेन्ट लोड गर्नुस