सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका बाढी पीडितलाई अमेरिकाबाट एक लाख १७ हजार सहयोग

२०७७ भदौ १९, ०२:४१ खबर संवाददाता

धनगढी: अछामका बाढी पीडितलाई एक लाख १७ हजार सहयोग गरिएको छ। अछामको बान्नीगढी–६ दर्ना घर भई हाल अमेरिकामा होटल व्यवसाय गर्दै आएकी बसन्ती सिंह शाहले बाढी पीतिहरुका लागि एक लाख १७ हजार सहयोग गरेकी हुन्। उनले सुदूरपश्चिम समाज टेक्ससका अध्यक्ष प्रेम शाहलाई उक्त रकम हस्तान्तरण गरेकी छन। 

यसअघि उनका श्रीमान विष्णु शाहले अछामका बाढी पीडितलाई आर्थिक सहयोग गरेका थिए। उनले एक लाख एक हजार एक सय ११ रुपैँया सहयोग गरेका थिए। शाह परिवार अमेरिकाको वासिङ्टनमा बस्दै आएको छ।

अछाममा गत भदौँ २ गते राती अविरल वर्षासँगै आएको बाढीले ठुलो जनधनको क्षती गरेको थियो।

कमेन्ट लोड गर्नुस