सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा हत्याको आरोपमा ६ जना पक्राउ

२०७७ भदौ १८, ०५:५५ खबर संवाददाता

धनगढी–अछाममा हत्याको आरोप लागेका ६ जना पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउँका मानबहादुर भण्डारीका २४ वर्षिय छोरा सन्तोष भण्डारीको हत्या गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको हो।

अछाम प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ६ का १९ बर्षीय खेमराज शाही, २० बर्षीय भुपेन्द्र शाही र बिनोद बहादुर शाही, २१ वर्षीय अक्कल शाही, १९ बर्षीय बिनोद शाही र २५ बर्षीय रमेश शाही रहेका छन्। युवाहरुको समुहले भण्डारीलाई खानडाँडा भन्ने स्थानमा आक्रमण गरि घाईते बनाएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस