सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा प्रयोगशालामा थप ८ जनामा कोरोना पुष्टि

२०७७ भदौ १८, ११:५७ खबर संवाददाता

धनगढीः डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा दुई सय ४४ जनाको परीक्षण गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको डडेल्धुरा प्रयोगशालाका ईन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए।  

उनका अनुसार डोटीको जोरायल गाउँपालिकाका चार जना, अछामको मेल्लेख गाउँपालिकाका एक जना, चौरपाटी गाउँपालिकाका एक जना, बझाङको बुङ्गल नगरपालिकाका एक र जिल्ला प्रहरी कार्यालय दार्चुलाका एक जना प्रहरीमा संक्रमण देखिएको हो।

 
 

कमेन्ट लोड गर्नुस