सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा डेढ लाखको भन्सार छलीको सामान बरामद

२०७७ भदौ १७, ०७:०६ खबर संवाददाता

धनगढीः प्रहरीले धनगढी उपमहानगरपालिकाबाट झण्डै डेढ लाख बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।

उपमहानगरपालीकाको वडा नम्बर १९ ललिपुर घाट स्थित दश गजा क्षेत्रबाट भन्सार भारततर्फ तस्करी भईरहेको सूचनाका आधारमा सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

तीन वटा डल्लबमा एक लाख ५८ हजार मूल्य पर्ने ६७ बोरा केराउ बरामद गरी भन्सार कार्यालय बुझाएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस