सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राधिकरणको सुदूरपश्चिम कार्यालयले भन्यो– भजनीमा भएको अनियमितताबारे छानविन हुँदैछ

२०७७ भदौ १७, ११:५८ खबर संवाददाता

धनगढीः नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले भजनी वितरण केन्द्रमा आर्थिक अनियमितता भएको सन्र्दभमा छानविन गरिने दावी गरेको छ। प्राधिकरणको प्रादेशिक कार्यालय प्रमुख जगदिश जोशीले सञ्चार माध्यममा भजनी वितरण केन्द्रमा कर्मचारीको मिलेमतोमा आर्थिक अनियमितता भएको कुरा सार्वजनिक भएपछि छानविनको विषय बनेको बताए।

उनले भजनी वितरण केन्द्रलाई उक्त विषयमा के भएको हो ? भनी स्पष्टीकरण माग गरिएकाले जवाफ पेश भएपछि सोही अनुसार अगाडी बढ्ने बताए। प्रमुख जोशीले वितरण केन्द्रमा ऐन कानून विपरीत कार्य सम्पादन गरेको भेटिएमा सम्बन्धीत कर्मचारीलाई विभागिय कारवाहीका लागि सिफारिस गर्ने जनाए।  

नेपाल विद्युत प्राधिकरणको भजनी वितरण केन्द्रका कार्यालय प्रमुख सहितका केही कर्मचारीको मिलोमतोमा आर्थिक अनियमितता मौलाएको आरोप लागेको थियो। केन्द्रमा विद्युतीकरण, विद्युत लाईन मर्मत सम्भार तथा कार्यालय खर्च व्यवस्थापन लगायतमा आर्थिक अनियमितता मौलाएको आरोप लागेको हो।

वितरण केन्द्रका प्रमुख प्रतिश ढकाल र प्राविधिक प्रमुख समेत रहेका सुपरभाईजर दिवस यादवको मिलोमतोमा आर्थिक अनियमितता भईरहेको दावी गरिएको छ। आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा ग्रामीण विद्युतीकरणका कार्यक्रमलाई तीन तीन लाखका योजना बनाएर एकल कोटेसन मार्फत कार्यान्वयन गरी लाखौँ अनियमितता गरेको आरोप समाचार स्रोतले बताउँदै आएको छ।

वितरण केन्दका कार्यालय प्रमुख र सुपरभाईजरले सुदूरपश्चिम बाहिरका आफू निकटका फार्मबाट काम भएको देखाएर कार्यालयकै कर्मचारीबाट विद्युतीकरणका योजना कार्यान्वयन गरेको, निर्माण व्यवसायीका फार्म लिएर उनीहरुलाई कमिसन दिदै किर्ते कागजपत्र बनाएको, कर्मचारी भएर पनि अप्रत्यक्ष रुपमा ठेकेदारको भूमिका निभाई काम गर्दै आर्थिक हिनामिना गरेको आरोप लगाईएको छ।

तर आर्थिक अनियमितता गर्न मुख्य भूमिका खेल्दै आएको आरोप लागेका भजनी वितरण केन्द्रका प्राविधिक प्रमुख दिवस यादवले भने धेरै फार्मलाई ठेक्का दिएको देखिएपनि एउटै ठेकेदारले काम गर्दै आएको बताउँदै आएका छन्। उनले प्राधिकरणका सबैजसो कार्यालयमा एउटै ठेकेदार मार्फत काम गराउने तर फार्म फरक प्रयोग गर्ने चलन रहेको दावी गर्ने गरेका छन्।

 सम्बन्धीत समाचार 

कैलालीको विद्युत प्राधिकरण भजनी वितरण केन्द्रमा कर्मचारी नै ठेकेदार !

कमेन्ट लोड गर्नुस