कैलालीमा नुहाउने क्रममा नदीमा बेपत्ता भएका युवक मृत फेला
२०७७ भदौ १६, ०६:३८
धनगढी: कैलालीमा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका –४ माघीका ४५ वर्षीय कालुसिंह साउँदको शव कान्द्रा नदीमा फेला परेको हो।
सशक्र प्रहरी बल नेपाल नम्बर ७ बैझनाथ बाहिनीको गोताखोर टोलीले साउँदको शव फेला पारेको हो। साउँद मलामी गएका बेला नुहाउने क्रममा नदीमा बेपत्ता भएका थिए।
कमेन्ट लोड गर्नुस