धनगढीमा उपदेश युवा क्लवद्वारा सार्वजनिक स्थलमा वृक्षारोपण
धनगढी: धनगढी उपमहानगरपालिका–६ जालीको न्यु उपदेश युवा क्लबले मंगलबार वृक्षारोपण कार्यक्रम गरेको छ। जालीको पिपल चोक सार्वजनिक स्थल र प्रतिक्षालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेको क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए।
विभिन्न सामाजिक कार्य गर्दै आईरहेको क्लवले कोभिड–१९ का कारण भौतिक दुरी कायम गर्दै सो क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु रोपेको अध्यक्ष देउवाले बताए।
युवाहरु लकडाउनमा घरमै बसेरहेका समयमा केही समय सामाजिक कार्यमा संलग्न गराई वृक्षारोपण कार्य गरेको क्लबका सदस्य विदेशराम चौधरीले बताए।