सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा देवर नाता पर्नेसँग रंगेहात फेला परेकी युवती नदीमा मृत फेला

२०७७ भदौ १६, ०१:१७ खबर संवाददाता

धनगढी : अछामको बुढीगंगा नदीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको मेल्लेख गाउँपालिका –३ ठाटीकी २२ वर्षीया निर्मला नेपालीको शव सोमबार साँफेबगर नगरपालिका –७ मा रहेको बुढीगंगा नदीमा फेला परेको हो। 

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनका श्रीमानले युवतीलाई गाउँकै देवर नाता पर्ने एक युवकसँग रंगेहात फेला पारेका थिए। आफुहरुको अवैध सम्बन्धबारे थाहा पाएपछि दुवैजना उक्त स्थानबाट भागेको र पछि ती युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।   

अहिले ती युुवक फरार रहेको र नेपालीको शवको जिल्ला अस्पताल मंगलसैनमा पोष्टमार्टन भइसकेको सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए। फरार नेपालीको खोजी कार्य जारी रहेको उनले बताए। 

कमेन्ट लोड गर्नुस